Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षण संस्थामा नेपाल स्टक एक्सचेन्जको निशुल्क "भिजिट नेप्से "कार्यक्रम

प्रजना राई

शुक्रबार, ०८ कार्तिक २०७६, ०२ : ०७ मा प्रकाशित

शिक्षण संस्थामा नेपाल स्टक एक्सचेन्जको निशुल्क "भिजिट नेप्से "कार्यक्रम

अर्थ संसार,काठमाण्डौ - नेपाल स्टक एक्सचेन्जले आम जनतालाई लक्षित गरि पूँजीबजारबाट आर्थिक सचेतना अभिवृद्धि गराउन "भिजिट नेप्से " कार्यक्रम ल्याएको छ । टुरिजम बोर्डको पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम भिजिट नेपाल भने झैँ नेप्सेले "भिजिट नेप्से" कार्यक्रम घोषणा गरेको हो । 


पूँजीबजारको विकास र बिस्तारमा अपेक्षित सुधार हुन नसकिरहेको अवस्थामा बजारको विकास र विस्तारका लागि नेप्सेले यस्तो उपाय निकालेको हो। 


नेप्सेले पूँजीबजारका विषयमा जनचेतना फैलाउन यो कार्यक्रम स्कूल, कलेज तथा विश्वविद्यालयका विद्यार्थी केन्द्रीत गरेको छ । कार्यक्रममा नेप्सेसँग सम्बन्धित पूँजीबजारका निकाय तथा प्रणालीको बारेमा निशुल्क जानकारी दिइने नेप्सेबाट जारी सूचनामा उल्लेख गरिएको छ । 


पूँजीबजारका विषयमा विद्यार्थीहरुमा जनचेतना फैलाउन नेप्सेका कर्मचारीहरुले सम्बन्धित स्कूल, कलेज तथा विश्वविद्यालयको लिखित आग्रह लिइसकेका छन् ।


 

5db20c43ede59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको