अर्थ संसार,काठमाडौं-सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ ।
बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने टिमहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।
पपुवा न्युगिनी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा यता आयरल्यान्ड पनि समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका हुन् । त्यस्तै, सेमिफाइनलको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक यूएईलाई पराजित गर्दै विश्वकपमा प्रवेश गर्दा नामिबियाले ओमानलाई पराजित गर्दै विश्वकपमा प्रवेश गरेको थियो ।
पाँचौं स्थानको लागि भएको खेलमा स्कटल्यान्डले यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा ओमानले पनि हङकङलाई पराजित गर्दै दोस्रो पल्ट विश्वकप खेल्ने भएको हो ।
बलियो टिम मानिएको हङकङ र यूएई भने यो पटक विश्वकपमा पुग्न सकेनन् ।
अब फाइनल प्रवेशका लागि आयरल्यान्डले नेदरल्यान्ड्ससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा पपुवा न्युगिनीले नामिबियासँग खेल्नेछ ।
यता, पाँचौं स्थानका लागि स्कटल्यान्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस