Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीयवासीलाई छ्याङ्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सोमबार, ०९ फागुन २०७३, १६ : ४२ मा प्रकाशित

स्थानीयवासीलाई छ्याङ्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट

अर्थ संसार 
काठमाडौं– लमजुङ जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडको आइपीओ सोमबार बाँडफाँट  गरेको छ । आयोजना प्रभावितहरुबाट कुल ४ हजार ३ सय ६७ वटा आवेदन परेकोमा सबै आवेदकलाई शेयर बाँडफाँट गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ७० हजार कित्ता साधारण शेयर निष्कासन खुला गरेको थियो । तीन फरक मोडलमा गरिएको बाँडफाँट अनुसार आयोजनाका अति प्रभावित क्षेत्रका २ सय ४७ जनालाई १ लाख ८ हजार कित्ता शेयर बाँडफाँट गरिएको हो । शेयर नपरेको पैसा फागुन १५ गतेदेखि फिर्ता दिइने भएको छ ।

आवेदकले उल्लेख गरेको बैंक खातामै पैसा पठाइने भएको छ । नेपाल क्लियरिङ हाउसको इन्टर बैंक पेमेन्ट सिस्टममार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको पनि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले आयोजनबाट अतिप्रभावित क्षेत्र फलेनी र बसन्तपुर गाविसका बासन्दिालाई ४० प्रतिशत र प्रभावित क्षेत्र चिति, ढोडेनि, नौथर गाविस र बेसिहर नगरपालिकाका बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर दिएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको