अर्थ संसार,काठमाण्डौ -सनराइज बैंकको १२ औँ साधारणसभा सम्पन्न भएको छ । सभाले १५.८५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले नक्सालस्थित नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा सभा आह्वान गरेको थियो ।
बैंकले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र ५.८५ नगद गरी कुल १५.८५ लाभांश दिएको हो । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर बाँडेको छ । यस्तै, ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँको नगद लाभांश पनि दिएको हो ।
बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको हुँदा बोनसपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुगेको छ ।
साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको थियो । शेयरधनीहरुले असोज ३० गतेसम्म कायम गरेको लाभांश पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस