Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको कार्य सम्पादनको जिम्मा परिष्टनाथ पौड्याललाई

अर्थ संसार

आइतबार, १७ कार्तिक २०७६, ०८ : ४७ मा प्रकाशित

धितोपत्र बोर्डको कार्य सम्पादनको जिम्मा परिष्टनाथ पौड्याललाई

अर्थ संसार,  काठमाडौं - नेपाल धितोपत्र बोर्ड(सेबोन)को कार्य सम्पादनको जिम्मा केहि समयका लागि बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याललाई  दिइएको छ ।

कात्तिकदेखि रिक्त रहेको बोर्डको अध्यक्षमा नयाँ नियुक्ती नभएसम्मका लागि दैनिक कार्य सम्पादनमा असर नपर्ने हिसावमा पौडेललाई जिम्वेवारी दिइएको हो । बोर्डका अनुसार वरिष्टताको आधारमा पौडेललाई कार्यसम्पादन तथा मूल्यांकनको जिम्वेवारी दिइएको हो ।

गत कात्तिक ८ गते अर्थ मन्त्रालयले पौडेललाई वरिष्टताको आधारमा जिम्वेवारी दिने निर्णय गरी बोर्डलाई पत्र पठाएको थियो ।

चार वर्षे अवधिको कार्यकाल सकेर गत असोज मसान्तदेखि डा.रेवत बहादुर कार्की विदा भएका छन् । उनको कार्यअवधि सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ ।

नयाँ अध्यक्षका नियुक्तिका लागि बोर्डका विज्ञ सदस्य भिष्मराज ढुंगाना, पूर्व विज्ञ सदस्यहरु बासुदेव अधिकारी, टंक पनेरु र निल सारु मगरको नाम चर्चामा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको