Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले बोलायो साधारणसभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार

आइतबार, १७ कार्तिक २०७६, १० : ४२ मा प्रकाशित

प्रभु बैंकले बोलायो साधारणसभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार, काठमाडौं–  प्रभु बैंक लिमिटेडले मंसिर ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको साधारणसभामा १६ प्रतिशतबोनस शेयर र कर तिर्न ०.८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा मुख्य एजेन्डा बनाएको छ ।

यसैगरी, शेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले संस्थापक हिस्सा ५५ प्रतिशतबाट घटाएर ५१ प्रतिशत बनाउन लागेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवमा देखिएको रौनक (भिडियोसहित)

यता, प्रभुले शेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजाने छ ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे सुरु हुनेछ ।

बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीमा १६५ बोनस सेयर लाभांशको रुपमा वितरण गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको