Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सिनर्जी हाइड्रोपावको आईपिओमा नपरेको पैसा फिर्ता

मंगलबार, १० फागुन २०७३, १२ : ३० मा प्रकाशित

आजदेखि सिनर्जी हाइड्रोपावको आईपिओमा नपरेको पैसा फिर्ता

अर्थ संसार 
काठमाडौं– आजदेखि सिनर्जी हाइड्रोपावर कम्पनीले सर्वसाधरण शेयर बाँडफाँडमा नपरेका पैसा आजदेखि  लगानीकर्ताहरुलाई फिर्ता दिन थालेको छ ।

आईपिओमा ३१ हजार रुपैयाँ अर्थात ३१० कित्तासम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिएको थियो । त्यस्तै ३२ हजारदेखि ५० हजारसम्म आवेदन दिने लगानीकर्तालाई ३ दशमलव ०४ प्रतिशत र ५० हजार भन्दा बढी आवेदन दिनेलाई २ दशमलव ९३ प्रतिशतका दरले शेयर पाएका छन् ।

शेयर भर्दा यी १६ बैंक तथा वित्तिय संस्था बैंक खाता उल्लेख गरेका लगानीकर्ताको रकम सिधै बैंक खातामा नै आउने र अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ता भने आवेदन भरेकै स्थानबाट चेक प्राप्त गर्ने छन् ।

वाणिज्य बैंकमा सानिमा बैंक र लक्ष्मी बैंक रहेका छन् । त्यस्तै विकास बैंकमा टुरिज्म विकास बैंक, देव विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक, एस डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र ओम डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

त्यस्तै फाइनान्स कम्पनीमा मञ्जुश्री फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, सिनर्जी फाइनान्स, युनिक फाइनान्स र युनियन फाइनान्स रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको