Like us!
Follow us!
Connect us!
Watch us!

आक्रामक रुपमा राष्ट्रिय बीमा अभिकर्तालाई प्रशिक्षण गराउदै

मिलन खड्का

आइतबार, २४ कार्तिक २०७६, १२ : ३१ मा प्रकाशित

आक्रामक रुपमा राष्ट्रिय बीमा अभिकर्तालाई प्रशिक्षण गराउदै

अर्थ संसार, काठमाडौ–राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम कार्तिक २१ देखि कार्तिक २३ गते सम्पन्न विराटनगरमा भएको थियो।  

तालिम कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो।  तालिम प्रशिक्षणमा जीवन बीमा अभिकर्ताहरुलाई  बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु, बीमा सम्बन्‍धी हाल नेपलमा लागु भएका एन, नियमावली तथा विनियमहरु, राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु , राष्ट्रिय बीमा संस्थानमा कार्यरत अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय बृद्धिका तरिकाहरुको बारेमा जानकारी गराइएको थियो।  

कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिशाको विषयमा सहभागिहरुलाई प्रशिक्षित गराउनु भएको थियो ।नयाँ अभिकर्ताहरुको प्रशिक्षणमा आक्रामक रुपमा अघि बढेको संस्थानले यस लगत्तै कार्तिक द२४  देखि २६ गते सम्म विर्तामोडमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम कार्यक्रम संचालन गर्दै छ। 

5dc7b65434005.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको