अर्थ संसार, काठमाडौं -एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण शनिबार सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैयमाससम्म वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशत (रु. ३७ करोड) ले वृद्धि गरी रु. १ अर्ब ४३ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३४ प्रतिशत (रु. २६ करोड) को वृद्धि सहित रु. १ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ७५ करोड रहेको थियो ।
कर्जातर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा रु. १३ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. २४ अर्ब को वृद्धि गरी रु. १६३ अर्ब  र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा रु. ४ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. १७ अर्ब को वृद्धि गरी रु. १८५ अर्ब पुर्याउन सफल भएको छ । यसरी निक्षेप, कर्जा तथा अन्य वित्तीय परिसूचकहरुमा यस बैंक शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय ११ प्रतिशतले वृद्धि गरी रु. ४०.३८ तथा स्वपूँजीमा प्रतिफल १८ प्रतिशतले वृद्धि गरी २७.०५ प्रतिशत पुर्याउन सफल भएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्सटेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस