Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न

अर्थ संसार

मंगलबार, १० मंसिर २०७६, १० : ३४ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं- राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  मंसिर ७ गतेदेखि ९ गतेसम्म संचालक भएको आधारभूत तालिममा ५० जनाको सहभागिता रहेको थियो ।

विगत लामो समयदेखि निरन्तर आफ्ना अभिकर्ताहरु मार्फत बीमासेवा प्रदान गर्दै आएको संस्थानले आक्रामकरुपमा अभिकर्ता संख्यमा बृद्धि गर्दैछ । ग्राहकको अपेक्षा अनुरुपको बीमा सेवाहरु प्रदान गर्दै आएको संस्थानले पुर्वदेखि पश्चिमसम्म अभिकर्ता तालिम संचालन गरेर आफ्नो उपस्थिति मजबुत गर्दैछ ।

सम्म काठमाण्डौमा सम्पन्न तिन दिने तालिम कार्यक्रममा संस्थानको भावी कार्ययोजनाको बारेमा संस्थानका नायव-महाप्रबन्धक महेश रिमालले सहभागीहरुलाई जानकारी गराउँदै कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण गर्नुभयो।

यससँगै देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पश्चिमको सुर्खेत, धनगढि र नेपालगंजमा बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरिरहेको छ।

हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्न बीमालेखहरु बीक्रि गरिरहेकोछ।

जन्मेदेखि ६५बर्षसम्म जुनसुकै उमेर समुहको जीवन संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको