Like us!
Follow us!
Connect us!
Watch us!

लागुऔषध गाँजासहित भारतीय पक्राउ

अर्थ संसार

मंगलबार, १७ मंसिर २०७६, १० : ४६ मा प्रकाशित

लागुऔषध गाँजासहित भारतीय  पक्राउ

अर्थ संसार, लहान– प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको