Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तले आइपिओ निश्कासन गर्ने

अर्थ संसार

मंगलबार, २४ मंसिर २०७६, ०७ : २३ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तले आइपिओ निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं-एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सोमबार  ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ ।

लगानीकर्ता शिव प्रसाद पौडेलको प्रभु बैंकलाई प्रश्न ?(भिडियोसहित)

साथै सोमबार  बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । अध्यक्ष ढकालसँग ICICI बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी Deloitte मा कार्य गरेको र हाम्रो विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।

 ढकालले सोमबारै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक  देव कुमार ढकालबाट पद तथा गोपनियताको  शपथ ग्रहण गर्नुभयो । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक  वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष  अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको