Like us!
Follow us!
Connect us!
Watch us!

दाङमा 'लसुन प्याज मिसन' सुरु

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, ११ : ४३ मा प्रकाशित

दाङमा  'लसुन प्याज मिसन'  सुरु

अर्थ संसार, दाङ – दाङका चार वटा पालिकामा 'लसुन र प्याज मिसन' कार्यक्रम सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको समन्वयमा दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका - १२ मा लसुन, प्याज मिसन कार्यक्रम सुरु गरिएको हो ।

कृषि ज्ञान केन्द्र मार्फत् प्रदेश सरकारको सहयोगमा किसानलाई आत्मनिर्भर बनाउन मिसन कार्यक्रम सुरु भएको छ । ३ वर्षसम्म सञ्चालन हुने कार्यक्रममा डेढ विघादेखि १५ विघा क्षेत्रफलमा खेती गर्नुपर्ने छ ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले चार ठाउँमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतकाे जानकारी अनुसार,कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । कार्यक्रम सञ्चालनका लागि निर्णय भए पनि अब कृषि ज्ञान केन्द्रले स्थानीय कृषकसँग प्रस्ताव आह्वान गर्ने ज्ञान केन्द्रले जनाएको छ । 

स्थानीय कृषि समूह, सहकारी र निजी फर्मले लसुन र प्याज खेती गर्नका लागि प्रस्ताव पेस गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको