स्पेशल प्रि ओसन सेसनमा सोपान फर्मास्युटिकल्सको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर गत जेठ २२ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस