Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिबार्य

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, ११ : ११ मा प्रकाशित

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिबार्य

साउनदेखी सेयर कारोबारका लागि नयाँ डिम्याट खाता (हितग्राही खाता) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्रस्तुत गर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई यस व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सोही व्यवस्था अनुसार पूर्वाधार तयार भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीसँग जोडेर एक व्यक्तिको खाताको एकीकृत तथा यकिन अभिलेख तयार पारिएको जनाइएको छ । सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जनाएको छ।

यसअघि सिडिएससीले २०८२ फागुन १९ गते निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने संस्थाहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश हुने व्यवस्था मिलाउन प्रणाली विकास गर्न निर्देशन दिएको थियो। सोही तयारीलाई पूर्णता दिँदै अब नयाँ खाता खोल्ने तथा पुराना खाताको विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था लागू गर्न लागिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको