Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा असार १४ मा, के-के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, ११ : २५ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा असार १४ मा, के-के छन् एजेण्डा ?

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गतेका लागि १५ औँ बार्षिक साधारणसभा बोलाएको हो । 

बैठकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर÷एक्विजिसन) प्रस्ताव पारि गर्ने छ । सभाले मर्जर तथा एक्विजिसनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति, सम्पत्ति तथा दायित्वको मूल्याङ्कनलगायतका कार्य गर्न पनि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव रहेको छ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असार २ गतेदेखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । असार १ गतेसम्म नामसारी भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको