Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो १ करोड ५० हजार बीमा रकम प्रदान

अर्थ संसार

आइतबार, २९ मंसिर २०७६, १७ : ५३ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो १ करोड ५० हजार बीमा रकम प्रदान

अर्थ संसार, काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीतपुर शाखाले बीमा दावी वापत रु १ करोड ५० हजार भुक्तानी गरेको छ ।

कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाईरु १ करोड ५० हजारको चेक हस्तान्तरण गरिए को हो  ।

बीमा समितिका अध्यक्ष  चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहेपनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको र सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुनेब ताउनुभयो ।

उहाँले सानो सानो रकम बचत गरेर परेका बेलाजोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनु पर्नेमा जोड दिनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनी बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताउनु भयो ।

बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्र्तगतरु. ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाउनु भएको थियो । पौडेलकी १ छोरी रहेकी छन । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो ।  कार्यक्रममा बीमा समितिका सहायक निर्देशक  पदमप्रसाद सोडारी, नगरका वडाध्यक्ष, सिटिजन लाइफका प्रमुख बजार व्यवस्थापन अधिकृत कविफुयाल, प्रमुख व्यवसाय अधिकृत –मध्यपश्चिम क्षेत्र  सुनिल पोखरेल,विभिन्न शाखाका शाखा प्रमुख, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको