Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीकाे गृहनगरमा पूर्वराजा ज्ञानेन्द्र

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १६ : ५८ मा प्रकाशित

प्रधानमन्त्रीकाे गृहनगरमा पूर्वराजा ज्ञानेन्द्र

अर्थ संसार,काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री ओलीको गृहनगरमा पुगेका छन् । एक महिने बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह श्री एयरलाइन्सको विमानबाट चन्द्रगढी विमानस्थल भद्रपुर पुगेका हुन् ।

चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्वराजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए ।  राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।

उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेभएका छन् ।

तर अहिलेसम्म उनको कहाँ–कहाँ भ्रमण हुन्छ भनेर निर्णय भइनसकेको उनका सहयोगी फणिराज पाठकले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको