अर्थ संसार, काठमाडौं– समितिको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पहिलो चौमासिकमा भएको खर्चलाई लिएर असन्तोष व्यक्त गर्नुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले विद्यमान लेखा प्रणालीको कारण कम खर्च देखिएको उल्लेख गर्दै नयाँ विधिबाट लेखाङ्कन गरेपछि सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले गत आवमा प्राप्त भएको बजेट नै खर्च गरेको र उक्त खर्च प्रणालीमा नआएकाले कम देखिएको उल्लेख गर्नुभयो । उहाँले ठेक्का प्रणालीमा गरिएको सुधारले पनि ठेक्का लिँदा वा दिँदा जोखिम ठानेकाले पनि केही कमी भएको हुनसक्ने उल्लेख गर्नुभयो ।
समितिका सदस्यले विगतमा कानून नभएको, कर्मचारी नभएको भनेर पन्छने अवस्था भए पनि चालू आवमा लक्षित खर्च हुन नसक्नुका कारण खोज्नुपर्नेमा जोड दिएका थिए । व्यक्तिमा समस्या हो, कि प्रवृत्तिमा हो भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको भन्दै समिति सदस्य रामकुमारी झाँक्रीले सधैँ परम्परागत प्रवृत्तिले विकास निर्माणको काम अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्त्यतिर दैनिक अर्बौं बजेट खर्च भन्ने समाचार सुन्नुपर्ने अवस्था आउने भन्दै समय छँदै काम गर्न सम्बन्ध मन्त्रालयका अधिकारीलाई आग्रह गर्नुभयो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले विगतमा समितिले दिएको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न र खर्च गर्ने प्रणालीमा सुधार जरुरी रहेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस