Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ल्यायाे बम्पर फाइदा सहितकाे नयाँ कर्जा याेजना, के-के छन् सुविधा ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १३ : ५५ मा प्रकाशित

नबिल बैंकले ल्यायाे बम्पर फाइदा सहितकाे नयाँ कर्जा याेजना, के-के छन् सुविधा ?

अर्थ संसार,काठमाडाैं - नबिल बैंकले 'नबिल सजिलो एक्सप्रेस कर्जा योजना' सार्वजनिक गरेको छ । बैंकले ऋणका लागि आवेदन दिएको ३५ घण्टामै साना तथा मझौला उद्यम कर्जा उपलब्ध गराउने नयाँ याेजना ल्याएको छ ।

उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ । साथै, सुरुको १ बर्षका लागि १०.५० प्रतिशत मात्रा व्याज लिइने बैंकको भनाइ छ ।

बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ७५ लाखसम्मको साना तथा मझौला ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने जानकारी दिएको हो । बैंक ३५ वर्ष पुगेको उपलक्ष्यमा ३५ घण्टामै ऋण स्वीकृत गर्ने स्किम ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिएका छन् ।

नबिल सजिलो एक्सप्रेस कर्जा लिँदा कारोबार सुचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने छ । बैंकले सक्षमसँगको सहकार्यमा ऋण योजना सुरू गरेको हो । बैंकका ९३ वटै शाखाबाट ऋण उपलब्ध हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको