Like us!
Follow us!
Connect us!
Watch us!

जुत्ताचप्पल व्यापार मेला विराटनगरमा, ६० प्रतिशतसम्म छुट पाउँदा ग्राहकको भिड

अर्थ संसार

मंगलबार, ०८ पुस २०७६, १० : २९ मा प्रकाशित

जुत्ताचप्पल व्यापार मेला विराटनगरमा, ६० प्रतिशतसम्म छुट पाउँदा ग्राहकको भिड

अर्थ संसार, विराटनगर– विराटनगर–प्रदेश नम्बर १ का ग्राहकलाई लक्षित गरी नेपाली जुत्ताघरले विराटनगरको जैनभवनमा सुरु गरेको जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको भिड बढ्दै गएको छ । मेला पुस १ गतेदेखि सुरु भएको हो ।

मेलामा ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने आयोजक नेपाली जुत्ताघरले जनाएको छ । भारी छुट पाएपछि झापा, धनकुटा, सुनसरीदेखि ग्राहकहरु मेलामा ओइरिएको नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा नेपालमा नाम चलेका जुत्ताचप्पल उत्पादकहरु शिखर सुज, बिएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध छन् ।

सुविधा पाएपछी जत्ता चप्पल खरिद गर्ने उपभोक्ताको भिड लागेको हो ।मेलामा सर्बसाधारणको भिड बढेकाले हामी उत्साहित छौं, जुत्ताघरका अध्यक्ष उपाध्ययले भने, भारी छुटमा जुत्ताचप्पल उपलब्ध भएकाले सर्बसाधारणले यो मेलालाई जुत्ताचप्पल किन्ने अबसरका रुपमा लिएका छन् । मेलामा २ दिनमै १० लाख मुल्य बढीको कारोबार भएको उनले जानकारी दिए ।

जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ताचप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि  उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् ।  मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षणका रुपमा छन् ।

5e019b3735588.jpg 5e019b373a757.jpg 5e019b3772c41.jpg 5e019b3779fd4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको