Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १० : ५१ मा प्रकाशित

ज्योति विकास बैंकले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार,काठमाडाैं - ज्योति विकास बैंकले १२औं साधारण सभा बाेलाएकाे छ । बैंकले पुस २९ गतेलाई सभा बाेलाएकाे हाे । उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १२.७५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएकाे छ । सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, सभामा म्युचुअल फण्ड स्थापना गरी कोष प्रवद्र्धकको काम गर्न प्रबन्धपत्र संशोधन गरिनेछ । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि सभामा राखिएको छ ।

साथै, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म सेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउनेछन् । 

5e019da31fe04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको