अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेकाे थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा नै रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा रहेको थियो ।
त्यसैगरी, बुधबार ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९६ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेकाे थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजोे खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०५ पैसा रहेको थियो ।
त्यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकिएको छ । हिजो खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको थियो ।
साथै, बुधबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकिएको छ । हिजो खरिददर ३०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस