Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्याे, काराेबार घट्याे

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १५ : २६ मा प्रकाशित

नेप्से  बढ्याे, काराेबार घट्याे

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार १.८२ अंकले बढेको छ । कुल १७५ वटा कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता शेयर खरिदविक्री हुँदा ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँको कारोबार भएकाे छ ।  

११६६.२१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६८.०३ अंकमा आइपुगेको छ ।

बढेको शेयर बजारमा बैकिङ ०.४२ अंक, होटल ६.१२ अंक, विकास बैंक १.२ अंक, निर्जिवन लाइफ १६.२२ अंक, उत्पादन १९.९ अंक, अन्य २.०९ अंक, लाइफ इन्स्योरेन्स ६९.७ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।

त्यसैगरी, व्यापार २.२५ अंक, जलविद्युत २.७३ अंक, फाइनान्स १ अंक र माइक्रोफाइनान्स ५.९८ अंकले घटेको छ ।

कारोबार रकममा सानिमा बैंकको डिबेन्चरले अग्रस्थान कायम गरेको छ ।

5e0334c24c537.jpg 5e033544051b1.jpg 5e033591cf9c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको