Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १४ : ४९ मा प्रकाशित

सिटी एक्सप्रेसले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडाैं - सिटी एक्सप्रेस फाइनान्स कम्पनीले साधारण सभा बाेलाएकाे छ । कम्पनीले पुस २९ गतेलाई सभा आह्वान गरेकाे हाे । उक्त सभा सि.डब्लु रेष्टुरेन्ट, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेन्डा पनि राखिएको छ । 

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको साधारण सभामा उपस्थित हुन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको