Like us!
Follow us!
Connect us!
Watch us!

‘बेटर नेपाल’ द्वारा भ्रमण वर्षलाई लक्षित पदयात्रा कार्यक्रमकाे घोषणा, कहिले हुँदै ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १७ : ०३ मा प्रकाशित

‘बेटर नेपाल’ द्वारा भ्रमण वर्षलाई लक्षित पदयात्रा कार्यक्रमकाे घोषणा, कहिले हुँदै ?

 अर्थ संसार, काठमाडौं – नेपाल भ्रमण वर्षलाई लक्षित गरेर ‘हेरिटेज वाक’ हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो ।

‘नेपालको सम्पदा हाम्रो गौरब’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरू आबद्ध रहने कार्यक्रमकी अध्यक्ष माला खरेलले बताएकी छिन् । 

पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८.१५ बजेदेखि सुरू भएर वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८.१५ देखि नै हुने पनि आयोजकले जनाएको छ । 

त्यसैगरी, पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ । 

यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरू, सरसफाई अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरूको सभागिता रहने बताईएको छ । 

कार्यक्रमा अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धरले उक्त पदयात्रा सरसफाइको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि महत्वपूर्ण हुने बताए । उनले भने,‘हामीले तेस्रो, चौथो मुलुकका डलरवालाभन्दा धर्म, संस्कार, संस्कृति, भेषभुषा मिल्ने नजिकका छिमेकीलाई भ्रमण वर्षमा बढी आकर्षित गर्नुपर्छ । किनभने भारत र चीनमा हिन्दू र बौद्धिष्टहरू बढि छन् । उनीहरूलाई नेपालमा ल्याउन सकियो भने भ्रमण फलदायी हुनेछ ।’

प्रदेश नम्बर ३ का सांसद् गणेश दुलालले पनि भ्रमण वर्षमा छिमेकी मुलुकका पर्यटकहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक किशोर सिंह शाहीले पदयात्राले पर्यटन प्रवद्र्धनमात्रै नगरेर स्वास्थ्यलाई फाईदा हुने डाक्टरले पनि प्रमाणित गरेको बताएका छन् ।

कार्यक्रममा विष्णुमति सरसफाइ अभियन्ता शोभाकान्त पराजुलीले पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरसफाईलगायत नेपालको विभिन्न संस्कार, संस्कृति, कलाकृति झल्किने काममा जोड दिनुपर्ने बताएका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको