Like us!
Follow us!
Connect us!
Watch us!

मासिक ९ हजार किस्तामा घरकर्जा दिँदै एभरेष्ट बैंक, के-के छन् सुविधा ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १४ : ३४ मा प्रकाशित

मासिक ९ हजार किस्तामा घरकर्जा दिँदै एभरेष्ट बैंक, के-के छन् सुविधा ?

अर्थ संसार, काठमाडाैं - एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गरेर होम लोन ल्याएकाे छ । बैंकले मासिक ९ हजार किस्तामा घरकर्जा स्कीम सार्वजनिक गरेको हाे । 

बैंकले घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि 'अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ' भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३६३ मात्रको होम लोन ल्याएको हाे । ग्राहकहरुले यस अभियान अन्तर्गत सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउने भएका छन् ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । यस अभियानबाट आफ्नै घर बनाउने सपना देख्नेहरूले लाभ लिन सक्ने बैंकले जनाएकाे छ ।

 हालसम्म बैंककाे ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम रहेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको