Like us!
Follow us!
Connect us!
Watch us!

कतिले घट्याे नेप्से ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १५ : ०५ मा प्रकाशित

कतिले घट्याे नेप्से ?

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार ०.६२ अंकले घटेको छ । कुल १७२ वटा कम्पनीको १६ लाख ४१ हजार २११ कित्ता शेयर खरिदविक्री हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८८७ रुपैयाँको कारोबार भएकाे छ । 

११६७.७४ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म  घटेर  ११६७.४१ विन्दुमा अडिएको छ ।  

बढेको शेयर बजारमा बैकिङ ०.६९अंक, व्यापार ३५.७२अंक, विकास बैंक २.२९अंक र लाइफ इन्स्योरेन्स १६.५५अंकले बढेको छ ।

त्यसैगरी, होटल ९.८८अंक, जलविद्युत  ६.४७ अंक, फाइनान्स १.२५ अंक, निर्जिवन लाइफ २४.६७ अंक, उत्पादन २४.२६ अंक, अन्य ०.२५ अंक, माइक्रोफाइनान्स ०.७३ अंक र सामूहिक लगानी कोष समूह ०.०३ अंकले घटेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रस्थान कायम गरेकाे छ ।

5e04868df2d29.jpg 5e048694c4773.jpg 5e04869978089.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको