Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक स्थगित

शुक्रबार, ११ पुस २०७६, १४ : ४८ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक  स्थगित

अर्थ संसार, काठमाण्डौं – प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि सूचना टाँस गरी स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।    
    
सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्को बैठक निर्धारण गर्नुभएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएपछि सभामुख पद हाल रिक्त छ ।

पुस ४ गते सङ्घीय संसद्को हिउदे अधिवेशन प्रारम्भ भएको थियो । विधेयक अधिवेशनको पहिलो दिनको बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अध्यक्षता गर्नुभएको थियो । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

सचिवालयले अधिवेशनमा यसअघिका २७ विधेकमाथि कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा ञविचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको