राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस घटनालाई पार्टीले अत्यन्तै गम्भीरतापूर्वक लिएको र यसप्रति रास्वपाको दृष्टिकोण स्पष्ट रहेको स्पष्ट पारे। साथै, उक्त गतिविधिमा पार्टीका कुनै पनि नेता वा कार्यकर्ता संलग्न भएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
उनले भने, ‘पार्टीले भनिसक्यो। विज्ञप्ति निकाल्यो। सबैभन्दा पहिला हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनुहुँदैन। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भनेर हामीले भनेका छौँ र हामी त्यसमा अडिग छौँ। यो स्पष्ट दृष्टिकोणका साथ हामी यसैमा अडिग छौँ। तत्काललाई छोडियो कि, समाइयो कि, के मुद्दा लगाइयो कि, लागेन त्यो बेग्लै कुरा हो। जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टीले जुन विज्ञप्ति मार्फत भनेको छ, पार्टी यसमा अडिग छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस