Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ सोमबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १० : ५१ मा प्रकाशित

यस्ताे छ सोमबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (सोमबार) यूके पाउण्ड र कुवेती दिनारको भाउ बढेको छ भने अन्य केहि देशको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेकाे छ ।

साेमबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७५ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय ७७ रुपैयाँ ६२  पैसा रहेको छ । त्यसैगरी आज एक बहराईन दिनारको  खरिददर ३ सय २ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ  ६१ पैसा रहेको छ । 

त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ८७  पैसा तोकिएको छ । 

साथै, एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ  तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ७९ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ७९ रुपैयाँ ८८ पैसा रहेको छ । एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको