अर्थ संसार, काठमाडौं - बीमा बजारमा आफूलाई अब्बल बीमा कम्पनी हुँ भन्दै आएको एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/ ०७५ मा बैठक खर्चमा शेयरधनीले सोचे भन्दा बढी खर्च गरेका छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनीले समिति  र उपसमितिको बैठक भत्ता २८ लाख ५ हजार रुपैयाँ खर्च गरेको छ । 
यस आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले संचालक समितिको बैठक भत्ता २० लाख ४५ हजार रुपैयाँ, लेखापरिक्षण समितिको बैठक भत्ता २ लाख ४० हजार रुपैयाँ, दाबी भुक्तानी तथा पुनर्बीमा उपसमिति बैठक भत्ता १ लाख रुपैयाँ, कर्मचारी सेवा शर्त व्यवस्थापन उपसमिति बैठक भत्ता  १ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । 
त्यसै गरी  लगानी जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता (सोल्भेन्सी) उपसमिति बैठक भत्ता २० हजार रुपैयाँ, प्रमुख कार्यकारी छौनट उपसमिति बैठक भत्ता २ लाख ४० हजार रुपैयाँ, सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलाप निवारण उपसमिति बैठक भत्ता १० हजार रुपैयाँ, घर जग्गा खरिद उपसमिति बैठक भत्ता १०, हजार रुपैयाँ र  सूचना  प्रविधि उपसमिति बैठक भत्ता २० हजार रुपैयाँ खर्च गरेको छ ।
इन्स्योरेन्सले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि तलव/ भत्ता  र अन्य सुविधा वापत ३६ लाख ७ हजार १५७ रुपैयाँ खर्च गरेको छ । कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त रहेका छन् । 
त्यसै गरी इन्स्योरेन्स कम्पनीले सहायक महाप्रबन्धक तथा विभागीय प्रमुख पदाधिकारीहरुलाई तलव /भत्ता र अन्य सुविधा वापत ९६ लाख १५ हजार ९०४ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले गत असोज ८ गते १३ वार्षिक साधारणसभा आम्रपाली व्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौंमा गरेको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस