अर्थ संसार
काठमाडौं–तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई डिबेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारतया एक हजार रुपैयाँ हुन्छ । डिबेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्छन् ।
तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई ९बन्ड० भनिन्छ । बन्ड वा डिबेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हुंदैन ।
कम जोखिम लिन चाहने लगानीकर्ताहरुको रोजाइमा ऋणपत्र पर्छन । धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ ।
स्रोतः नेप्से
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस