अर्थ संसार
काठमाडौं–सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुदैन ।
निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र ९डिबेन्चर० को हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ । बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ ।
यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ । तर सरकारहरुले पनि ऋणपत्रको सावाँ ब्याज तिर्न नसकेको उदाहरणहरु छन्।
स्रोतः नेप्से
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस