अर्थ संसार
काठमाडौं– नेपालमा धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । यो नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
यो प्रणाली धितोपत्र बजारमा निष्कासन भएका धितोपत्रहरु सम्बन्धित धितोपत्रधनी बाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र कारोबारको राफसाफ, फर्छ्यौट तथा नामासारी प्रक्रियालाई शिघ्र रुपमा सम्पन्न गर्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकारको विद्युतीय अभिलेख राख्ने जस्ता महत्वपूर्ण सेवा प्रदान गर्ने धितोपत्र बजारको महत्वपूर्ण पूर्वाधार हो ।
साधारण लगानीकर्ताहरु निक्षेप सदस्य ९डिपोजिटरी पाटिसिप्यान्ट्स, डिपी० मार्फत यो प्रणालीमा आवद्ध हुन सक्छन् । बैंकहरुले नगद राख्न वा झिक्न खाता खोल्ने सुविधा दिएजस्तै डिपीले धितोपत्र राख्न वा झिक्नका लागि लगानीकर्ताहरुको नाममा खाता खोल्ने सुविधा दिन्छन् ।
स्रोतः नेप्से
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस