अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेकाे छ । पुस २८ गते साधारण सभा बाेलाएकाे कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि (शुक्रबार) बाट बुकक्लाेज गर्ने भएकाे छ ।
उक्त सभा मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल–३ काभ्रेपलान्चोकमा बिहान ११ बजे सुरु हुने भएकाे छ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४५% बोनस शेयर र  २.३६% कर प्रयोजन गरी कूल ४७.३६% नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 
त्यस्तै, आजसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउने छन् ।
यसैगरी, सभामा संस्थापक समूहको ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालकको निर्वाचन गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ । 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस