Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीको खबर ! १७.५१ अंकले बढेको बजारमा ३२ करोडको कारोबार

बुधबार, १८ फागुन २०७३, १५ : २८ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर ! १७.५१ अंकले बढेको बजारमा ३२ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– केही दिन देखि निरन्तर ओरालो ओरालो यात्रामा रहेको सेयर बजार (नेप्से) ले बुधबार उकालो बाटो समातेको छ ।

मंगलबार सम्म निराश भएका लगानीकर्ताहरु बुधबार एकएक बजारमा जुर्मुराएका छन् ।  यस दिन १ सय ३५ वटा कम्पनीको ६ लाख ५० हजार १४ वटा सेयर कित्ता किनबेच हुँदा ३२ करोड ५ लाख बराबरको कारोबार भएको छ

। यस दिन फाइनाइन्स समुह बाहेक अरु सवै समुह हरियो भएका छन् । यस दिन बैंक १३.५२ अंक, होटल २६.९८ अंक, विकास बैंक १५.३१ अंक हाइड्रोपावर २.७९ अंक इन्स्योरेन्स २१४.७१ अंक,उत्पादन ३०.०९ अंक र अन्य ४.६२ अंकले बढेका छन् । यता फाइनाइन्स समुह भने ०.६५ अंकले घटेको छ ।  

बढेको बजारमा प्रिमियर इन्स्योरेन्स, आरएसडिसि लघुवित्त विक्तिय संस्था, सिनर्जी फाइनाइन्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लगायतका कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले बढाउन सफल भएका छन् ।

यता सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सेती फाइनाइन्स लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले आफ्नो आफ्नो केही प्रतिशत गुमाएका छन् । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58b69d791ff80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको