Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लद्युवित्तको हाकिमको तलव /भत्ता ३ करोड २१ लाख, कर्मचारी खर्च कति ?

अर्थ संसार

बुधबार, २३ पुस २०७६, १६ : १२ मा प्रकाशित

आरएमडीसी लद्युवित्तको हाकिमको तलव /भत्ता ३ करोड २१ लाख, कर्मचारी खर्च कति ?

अर्थ संसार, काठमाडौ– आरएमडीसी लद्युवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा प्रमुख कार्यकारी अधिकृत (सिइओ), नायव प्रमुख कार्यकारी अधिकृत, नायव, वरिष्ठ प्रबन्धक र प्रबन्धकको तलव भत्तामा   ३ करोड २१ लाख  ७९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ ।

 प्रमुख कार्यकारी अधिकृत (सिइओ)  र नायव प्रमुख कार्यकारी अधिकृतले तलव /भत्ता वापत १ करोड १९ लाख ८१ हजार ६४७ रुपैयाँ खर्च गरेको छ ।

लद्युवित्तको सिइओमा ज्योति चन्द्र आझा तलव/ भत्ता गरी ८० लाख ३९ हजारजार ०९५ रुपैयाँ लिएका छन भने नायव प्रमु कार्यकारी अधिकृत राम दयल राजवंसीले तलव/ भत्ता ३९ लाख ४२ हजार ५५२ रुपैयाँ लिएका छन् ।

त्यसै गरी बैंकले  वरिष्ठ प्रवन्धकले ९७ लाख ६७ हजार ९२० रुपैयाँ, प्रवन्धकहरुले १ करोड ४ लाख २९ हजार ७४९ रुपैयाँ  लिएका छन् ।

त्यसै गरी कर्मचारी खर्चमा ३ करोड ५ लाख ७० हजार ८५१ रुपैयाँ खर्च गरेको छ । संस्थाको २१ औं वार्षिक साधारणसभा  पुष २३ गते बुधबार  बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा काठमाडौंमा सम्पन्न गरेको छ ।

लद्युवित्तले शेयरधनीलाई १२।५ प्रशित बोनस शेयर र १२।५ प्रतिशत नगद लभांश गरी कुल २५ प्रतिशत लाभांश दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको