Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्याना सामान वितरण

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १७ : ०८ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्याना सामान वितरण

अर्थ संसार, काठमाडौं – बाराको मुसहर बस्तीमा विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा न्याना सामान वितरण गरिएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो ।

सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो । तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो । 

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको बताइएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको