Like us!
Follow us!
Connect us!
Watch us!

पुष २७ गते अघि नै सभामुखको नाम टुँगो लगाउँछौं, राष्ट्रपतिको यसमा कन्सर्न छैन् : दिनानाथ शर्मा

अर्थ संसार

सोमबार, २१ पुस २०७६, १७ : ०६ मा प्रकाशित

पुष २७ गते अघि नै सभामुखको नाम टुँगो लगाउँछौं, राष्ट्रपतिको यसमा कन्सर्न छैन्  :  दिनानाथ शर्मा

अर्थ संसार, काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् । उनले भने,‘अहिलेपनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ, हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ । संविधानले पनि सभामुख र उपसभामुख भीन्न दल र भीन्न लिङ्गको हुनुपर्छ भनेको छ । त्यसैले सभामुख हामीले लिएपछि उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कामा बोल्दै उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे । उनले भने,‘हामी पुष २७ गतेभित्रै यो सबै कुराको टुँगो लगाउँछौं । जो भएपनि नेकपाकै हुनुहुन्छ ।’ उपसभामुख प्रतिपक्षी दललाई दिनेपनि उनले जनाए । उनले भने,‘अहिले यसबारेमा छलफल हुँदैछ । हामी सहमतिअनुसारनै अघि बढ्छौं ।’

उनले नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोहीपनि नभएको जिकिर गरे । उनले भने,‘पूर्व एमाले वा पूर्व माओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन् । मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें । यदि कोही नेताहरुसँग यो कुरा छ भने तपाईहरुले पनि डिलिट गर्नुहोस् ।’ उनले पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्तिकेन्द्रित छलफल नभएको स्पष्ट पारे ।

शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्धयबीच छलफल भैरहेको छ । उहाँहरुले दुई तीन मिनेटमै टुँगो लगाउने भन्नुभएको छ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ । यसमा कुनै समस्या छैन् ।’

उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जिकिर गरे । उनले भने,‘हामी सबैसँग छलफल गरिरहेका छौं । एउटा निश्कर्षमा पुग्छौं ।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुःखेसो छ । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे ।

उनले नेताहरुले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रुपमा नलिएको पनि जिकिर गरे । उनले भने,‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ । आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ । सभामुख चयनमा उहाँले कुनै चासो राख्नुभएको छैन् । यो संसदको चासोको विषय हो । अब सभामुख चयन प्रक्रिया लम्बिँदैन् । यसमा राष्ट्रपतिको कन्र्सन छैन् ।’

शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन् ।’ एमसीसी पारित हुने उनले विश्वास दिलाए । उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका  राष्ट्रिय अहितका विषय सच्याउँछौं ।’

कार्यक्रममा राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’
प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे । उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने  िनर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौं । सिट बाँडफाँडमात्रै हो ।’

प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफू मुख्यमन्त्री बन्न तयार रहेको भनेर बोलेको कुरामा टिप्पणी गर्दै कर्णले भने,‘ऋषिजीले जितेन्द्र सोनलले मसँगको अन्तर्वार्तामा मुख्यमन्त्री बन्छु भन्नुभयो भन्ने कुरा आयो, म त भन्छु प्रदेश सभा सदस्य सबै मुख्इमन्त्रीको लागि योग्य हुनुहुन्छ । उहाँको अपेक्षा गलत होईन् ।’

उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे । उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ । चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ । नेकपा विदेशी पार्टी होईन । यो पनि यही देशको पार्टी हो । हामी अहिलेपनि साथमै छौं । हामीबीच सहकार्य बढ्दै जान्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको