Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, १० : १५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भाेली (बुधबार) बाट बुक क्लोज गर्ने भएकाे छ । त्यसैले, आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस शेयर र १५% नगद गरी कूल २०%  लाभांश वितरण गर्न लागेको छ । 

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

बैंकले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको