अर्थ संसार, काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजाे (मिति २०७६ पौष २२ गते) गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी, उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमल राज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।
यसका साथै, सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सबैलाई आग्रह गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस