Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन युनाईटेड मोदीको शेयर ? आजदेखि सवा १७ करोड रुपैयाँको शेयर बजारमा

विहीबार, १९ फागुन २०७३, १२ : ५७ मा प्रकाशित

किन्ने होइन युनाईटेड मोदीको शेयर ? आजदेखि सवा १७ करोड रुपैयाँको शेयर बजारमा

अर्थ संसार 
काठमाडौ– शेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजदेखि युनाईटेड मोदी हाईड्रो पावरको साधारण शेयर बिक्री सुरु भएको छ ।

कम्पनीले बजामार १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता शेयर निस्कासन गरेको हो । 

प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने जनाइएको छ ।

 ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको निस्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।

 प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने जनाइएको छ । 

यसअघि नै स्थानीयबासीलाई शेयर वितरण गरेको कम्पनीको छिटोमा आगामी सोमबार र ढिलोमा ३ चैतमा बिक्री बन्द हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको