अर्थ संसार
काठमाडौं–अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।
जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।
चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति सेयरका दरले जारी गरिएको सेयरमा सेयरधनीहरुबाट प्रतिसेययर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति सेयर चुक्ता मूल्य हुन्छ ।
स्रोतः नेप्से
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस