अर्थ संसार
काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बुक क्लोजको मिति तय भएको छ । यस संस्थाको यही चैत १ गते देखि सात गते सम्म बुक क्लोज हुने मिति तय भएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको भएको यस कम्पनीले साधारणसभा चैत १२ गते गर्दै छ ।
कम्पनीको हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख नाघ्ने छ ।
साधारण सभामा १५ प्रतिसत बोनश शेयर पारित गराउनुकोसाथै बोनश पश्चात २०० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति लिने प्रस्ताव गरेको छ ।२०० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी करिब ३५ करोड पुग्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस