Like us!
Follow us!
Connect us!
Watch us!

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

अर्थ संसार

शुक्रबार, २५ पुस २०७६, ०८ : ४० मा प्रकाशित

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

अर्थ संसार, भत्तपुर -पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ ।

मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उहाँको अन्त्येष्टि गरिएको छ ।

 झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउनुहुन्छ । सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउनुहुन्थ्यो ।

 घाँटीमा ट्युमर भएका उहाँलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो । उपचार गर्न नपाउँदै उहाँको निधन भएको छ । सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन् । उहाँ माइली छोरीसँग बस्दै आउनुभएको थियो ।

 निरन्तर पार्टीमा समर्पित सतालसिंह झापावासी तथा मेचीनगरका एक होनहार कम्युनिष्ट आन्दोलनका योद्धा रहेको प्रदेशसभा सदस्य गोपाल बुढाथोकी बताउनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको