Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले समात्यो उकालो बाटो,  १२.६१ अंकले बढेको बजारमा ४१ करोडको कारोबार

विहीबार, १९ फागुन २०७३, १५ : १५ मा प्रकाशित

नेप्सेले समात्यो उकालो बाटो,  १२.६१ अंकले बढेको बजारमा ४१ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– बुधबारदेखि सेयर बजारले उकालो यात्रा तय गरेको छ । बुधबार ७१.५१ अंकले बढेको सेयर बजार साताको अन्तिम दिन बिहीबार भने १२.६१ अंकले बढेको छ ।

केही दिनअघिसम्म निराश बनेका लगानीकर्ताहरु एकाएक जुर्मुराएका छन् ।  १ सय ३४ वटा कम्पनीको ९ लाख २८ हजार २ सय १० सेयर कित्ता किनबेच हुँदा ४१ करोड ११ लाख बराबरको कारोबार भएको छ । 

यस दिन उत्पादन र अन्य समुह घटेपनि अरु समुहरुमा हरियाली छाएको छ । आज बैंक ११.९१ अंक, होटल ११३.९६ अंक, विकास बैंक १०.२४ अंक, हाइड्रोपावर २९.६१ अंक, फाइनाइन्स ४.०९ अंक र इन्स्योरेन्स ९५.१३ अंकले बढेका छन् ।

यता उत्पाद २.७२ अंक र अन्य ५.२ अंकले घटेका छन् । बढेको बजारमा  सेती फाइनाइन्स, आरएसडिसी लद्युवित्त वित्तिय संस्था, सोल्टी होटल, बुटुवाल पावर लगायतका कम्पनीका लगानीकर्ताले आफ्नो आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् भने यता स्वरोजगार लघुवित्त विकास बैंक, किसान माइक्रोफाइनाइन्स , कर्णाली डेभलपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशत गुमाएका छन् ।

माउने  र गुमाउने कम्पनीहरु तल यस प्रकारको छ 
 

58b7eb2ea6bfb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको