Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
नेप्से ओरालाे लाग्दा कारोबार पनि घट्याे
मङ्गलबार, २९ पुष २०७६

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार ७.४८ अंकले घटेकाे छ । कुल १८३ वटा कम्पनीको ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६६६ रुपैयाँको कारोबार भएकाे छ ।

१२७०.८६ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२६३.३८ अंकमा आइपुगेको छ ।

मंगलबार व्यापार ६५.०७ अंक, होटल ५.४१ अंक, विकास बैंक ०.७ अंक, फाइनान्स ८.४४ अंक र अन्य ५.२१ अंकले बढेको छ ।

त्यसैगरी, मंगलबार बैंकिङ १०.३६ अंक, जलविद्युत ११.३५ अंक, निर्जिवन लाइफ ४८.८ अंक, उत्पादन ३.६८ अंक, माइक्रोफाइनान्स ८.७२ अंक, लाइफ इन्स्योरेन्स ५१.६६ अंक र  सामूहिक लगानी कोष समूह ०.०८ अंकले घटेकाे छ ।

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved