अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (मंगलबार) नेपाली बजारमा मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेकाे छ ।
त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ ।
यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०९ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस