अर्थ संसार, काठमाडौं – नेपाली बजारमा साताकाे अन्तिम दिन आज (शुक्रबार) पनि सुनकाे मूल्य बढेकाे छ । बिहीबार ताेलामा दुई सयले बढेर प्रतिताेला ७५ हजार रुपैयाँ कायम भएकाे सुन आज पनि ताेलामा दुई सयले बढेर प्रतिताेला ७५ हजार २ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । बिहीबार चाँदी ताेलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियाे आज पनि साेही मूल्यमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस